२०८१ आश्विन २१ गते, सोमबार १०:५९
  • रानीमहलमा भ्यालेन्टाइन डे को अवसरमा प्रेमजोडीलाई स्वागत

    पाल्पा -भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको अवसरमा रानीमहलमा प्रेमजोडीलाई स्वागत र सम्मान गरिएको छ । तानसेन नगरपालिकाको आयोजना र नाटा लुम्विनी तथा नाटा पाल्पा च्याप्टरको व्यवस्थापनमा सम्मान कार्यक्रम भएको हो । ऐतिहासिक पर्यटकीय स्थल रानीमहललाई स्थापितसंगै प्रचार गरी पर्यटक तथा प्रेम जोडीलाई आर्कषण गर्न कार्यक्रम आयाजना गरेको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताए। रानीमहललाई ‘प्रेम प्रतीक’ का रुपमा समेत लिने गरिन्छ ।
    रानीमहलको थप पर्यटकिय विकासका लागि तानसेन नगरपालिकाले गुरु योजना नै बनाएर अघि बढ्ने पनि नगर प्रमुख श्रेष्ठले बताए ।

    लुम्विनी प्रदेशसभा सदस्य वीरबहादुर रानाले मानिसले प्रेम बाँड्न नसक्दा समाज तनावयुक्त बनेको भन्दै तनावबाट मुक्त हुन सबैले प्रेम साट्नुपर्नेमा जोड दिए ।
    पाल्पा गैडाका तैनाथवाला सेनापति खड्ग समशेरले आफ्नी रानीको सम्झानामा निर्माण गरेको रानीमहल दरबार पछिल्लो समय संग्रहालय र अध्ययन तथा अवलोकनका लागि समेत देशकै महत्वपूर्ण गन्तव्यका रुपमा विकसित भएको छ । साथै यो दरबारलाई सरकारले देशका एक सय पर्यटकीय गन्तव्यमा समेत समावेश गरेको छ ।

    रानीमहल पुग्ने जोडीले शन्त वातारण र प्रमेको निशानीमा पुगेर दिवस मनाउन पाउँदा खुसी लागेको बताएका छन् ।