२०८१ आश्विन २१ गते, सोमबार १०:५९
  • माघे संक्रान्तिमा रिडीमा भक्तजनहरुको चहलपहल

    गुल्मी -माघेसक्रान्तीमा रुरु क्षेत्रमा भक्तजनहरुको चहलपहल बढेको छ। पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु क्षेत्र धाम रिडीमा कालीगण्डकी स्नान तथा हृषिकेशव भगवानको दर्शन गर्न भक्तजनहरुको विहानैदेखी भिड लागेको थियो। टाढा–टाढाबाट रिडिमा कालीगण्डकीमा स्नान गर्न भक्तजनहरु आएका थिए।

    रुरु क्षेत्रधाम नेपालको चार धाम मध्ये एक भएकाले यसको विशेष धार्मिक महत्व रहेको हृषिकेशव मन्दिर व्यबस्थापन समितिका अध्यक्ष पर्सुराम भट्टराईले बताए।रुरु क्षेत्रमा नेपालकै नमुना तीनमुखे पुल रहेको छ। पाल्पा, गुल्मी र स्याङ्जा ३ वटै जिल्लाबाट आवत जावत गर्न सकिने यो पुल रिडीको विशेष आकर्षण बनेको छ।

    ,तीनमुखे पुलमा धार्मिक भक्तजनसंगै फोटो खिच्ने, भिडियो बनाउने युवायुवतीहरुको पनि विशेष भिडभाड थियो।
    सक्रान्तीको अवसरमा रिडीमा धार्मिक मेला लागेको छ ।