२०८१ आश्विन २१ गते, सोमबार ०९:१६
  • २०२४ को जनवरीमा ७९ हजार विदेशी पर्यटक नेपाल आए

    काठमाडौँ – सन् २०२४ को पहिलो महिनामा ७९ हजार १ सय विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अघिल्लो वर्षको जनवरीमा भन्दा यो वर्षको सरुवाती महिनामा २४ हजारले विदेशी पर्यटकको आगमन बढेको हो। २०२२ को जनवरी महिनामा ५५ हजार ७४ पर्यटक नेपाल आएका थिए।

    नेपाल भित्रिएका मध्ये सबै भन्दा बढि भारतीय पर्यटक रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ। जनवरीमा २४ हजार १३९ जना भारतीय नेपाल आएका छन्। दोस्रोमा चिनिया पर्यटक ७ हजार २६७ जना रहेका छन्। त्यसै गरि अमेरिकीबाट ७ हजार ४७, थाइल्याण्डका ४ हजार ६१९, दक्षिण कोरियाबाट ३ हजार ८१२, बङ्गलादेशबाट ३ हजार ६२९, अस्ट्रेलियाबाट ३ हजार ४२१ पर्यटक नेपाल आएका छन्।