२०८३ जेष्ठ २६ गते, मंगलवार ०३:४४
  • गैरआवसिय नेपाली संघको टोलीद्वारा लुम्बिनी भ्रमण

    निर्माणाधिन रसियन विहारको प्रगति बारे जानकारी

    लुम्बिनी-गैरआवसिय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको टोलीले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। परिषदका अध्यक्ष डा. बद्री केशी सहितको टोलीले लुम्बिनीको भ्रमण गरेको हो।

    टोलीले लुम्बिनीमा निर्माणाधिन रसियन बुद्ध विहारको निरिक्षण तथा अवलोकन समेत गरेको छ। रुसद्वारा निर्माण भइरहेको विहारको प्रगति र अवस्थाको बारेमा परिषदका अध्यक्ष केशी सहित पदाधिकारी र सदस्यले जानकारी लिएका थिए।

    टोलीमा केशी सहित गैर अवासिय नेपाली संघ अन्तराष्ट्रिय परिष्दका केन्द्रीय सल्लाहकार टीबी कार्की, उपाध्यक्ष रोजिना प्रधान राइ, उपमहासचिव सोम सापकोटा, सचिव टीका गुरुङ युरोपका पूर्व संयोजक सन्तोष भट्टराइ, ट्रायाभिलिटी कर्पोरेशन अमेरिकाका संस्थापक आर्यन वास्तोला, प्रतिक्षा केशी लगायतको सहभागीता थियो।