२०८१ आश्विन २१ गते, सोमबार ११:०१
  • त्रिभुवन विमानस्थल मर्मतका क्रममा एक महिना भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुन सक्ने

    काठमाडौँ – काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले मर्मत र विस्तारको काम सुरु भएको छ। पूर्वाधारका अरु कामसँगै ट्याक्सी वे को विस्तार पनि हुँदै छ। ट्याक्सी वे को विस्तारको काम हुँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावन मार्ग पनि अवरुद्ध हुने छ। यो अवस्थामा भैरहवा र पोखराबाट अन्तराष्ट्रिय उडान गराउने नेपाल नागरिक उड्यन प्राधिकरणले बताएको छ।

    प्राधिकरणले केही दिन अघि नेपाल आउने विदेशी बायुसेवा कम्पनीहरुलाई यसबारे जानकारी गराइसकेको छ। मर्मतको क्रममा एक महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुन सक्ने प्राधिकरणका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले बताए। ‘मर्मत र निर्माणको क्रममा काठमाडौँको विमानस्थलको धावनमार्ग अवरुद्ध हुन सक्छ।’ उनले भने ‘त्यो अवस्थामा बैकल्पीक उडानको लागि भैरहवा र पोखरामा हाम्रा अन्तर्राष्ट्रिय विमानस्थल छन् भनेर नेपाल आउने बायुसेवा कम्पनीहरुलाई जानकारी गराएका छौं।’

    भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएको छ । तर नियमित अन्तराष्ट्रिय उडान हुन सकेको छैन। उडान बन्द गरेर बैकल्पिक विमानस्थल प्रयोग गर्दा छ महिना अघि विमान कम्पनीहरुलाई जानकारी दिनुपर्ने हुन्छ। विमान सेवा अरु व्यवसाय जस्तो नभएको र सम्बेदनसिल भएकाले अगाडी नै जानकारी गराउनुपर्ने निरौलाको भनाइ छ। ‘टिकट विक्रि भइसकेको हुन्छ। सेडयुल मिलाउन पर्यो। त्यसैले हामीले उहाँहरुलाई समय दिनुपर्छ।’ उनले भने।

    प्राधिकरणले सन २०२४ को नोभेम्बरमा ट्याक्सी वे विस्तारको काम गर्ने तयारी गरेको छ। ‘३–४ महिना पछि बर्खा लाग्छ। त्यसपछि चाडवाडको बेला हुन्छ। तिहार पछि अर्थात नोभेम्बर महिनामा काम गर्ने योजना छ।’ निरौलाले भने।
    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रनवेको सुरक्षाको लागि समानान्तर ट्याक्सी वे बनाउन लागिएको हो। अहिले विमास्थलमा २ हजार मिटर ट्याक्सी वे छ। धावन मार्ग ३३ सय मिटर छ। अब १३ सय मिटर ट्याक्सी वे थप्नुपर्ने हुन्छ।