२०८१ आश्विन २१ गते, सोमबार ११:०५
  • महेन्द्र ज्योती भूपु विद्यार्थी मंच र खुम्बु यम्बु शेर्पा समाज सेमिफाइनलमा प्रवेश

    काठमाडौं – ‘खुम्बु ल्होसार कप’ फुटबल प्रतियोगीतामा अन्तर्गत आज भएका खेलमा खुम्बु यम्बु शेर्पा समाज र महेन्द्र ज्योति भू पु विद्यार्थी मन्च विजयी भएका छन्। दुई टोली क्रमश समुहको विजेता र उपविजेता हुदै सेमिफाइनलमा प्रवेश गरेका छन्। आज भएको पहिलो खेलमा महेन्द्र ज्योती भू पु विद्यार्थी मंचले खुम्बु भेटेरेन्स युनाइटेडसँगको खेलमा ४ – ० गोल अन्तरको जित निकालेको हो।

    दोस्रो खेल खुम्बु यम्बु शेर्पा समाजले नाम्चे युवा समूहलाई २ – ० गोल अन्तरले पराजित गरको हो। पहिलो खेलमा महेन्द्र ज्योती भूपु विद्यार्थी मंच का खेलाडी फुरा शेर्पा तथा दोस्रो खेलमा खुम्बु यम्बु शेर्पा समाजका खेलाडी सोनाम शेर्पा म्यान अफ द म्याच भएका थिए। प्रतियोगिताको सेमिफाइनलका खेल भोलि र फाइनलका खेल पर्सी सम्पन्न हुने आयोजकले बताएको छ।

    शेर्पा समुदायको चाड ल्होसार (नयाँ वर्ष) पारेर विगत १३ बर्षदेखि प्रतियोगिता आयोजना हुँदै आएको छ । सोलुखुम्बुस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिकाको विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौँमा रहेका युवाहरुबीच हुने र शेर्पा युवाहरुलाई खेलकुदप्रति लगाव बढाउनु, उनीहरुको प्रतिभा प्रदर्शन गर्नु र समुदायलाई जोड्नु यस खेलको उद्देश्य रहेको आयोजकको भनाई छ। ८ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जम्मा १६ खेल वटा खेल संचालन हुनेछन्। माघ २९ गतेबाट सुरु भएको प्रतियोगिता फाल्गुण ७ गते समापन हुने छ।

    सन् २०१० मा कोशी प्रदेश सोलुखुम्बु जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित रहेको खुम्बु पासाङल्हामु गाउँपालिकाबाट रोजगारीको सिलसिला तथा आफ्नो उच्च शिक्षाको लागि काठमाडौंमा छरिएर रहेका खुम्बुवासीहरुलाई एकीकृत गराउने र सो क्षेत्रको युवाहरुको प्रतिभा प्रदर्शन तथा प्रस्फुटन गर्ने मुख्य उद्देश्यका साथ खुम्बु क्षेत्रको एक मात्र विद्यार्थीहरुको छाता संगठन शेर्वी योदेन छोक्पाले शेर्पाहरुको महान पर्व ल्होसारको पवन अवसरमा खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता सुरुवात गरेको आयोजकको भनाइ छ।