२०८१ आश्विन २१ गते, सोमबार ११:०४
  • भैरहवामा सात दिने लोकल टुर गाइड तालिम

    भैरहवा – रुपन्देहीको भैरहवामा सात दिने लोकल टुर गाइड (स्थानीय पथ प्रदर्शन) तालिम सुरु भएको छ । लुम्बिनी प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय मातहत रहेको पर्यटन बिकास परिषदको आयोजनामा तालिम सुरु भएको हो ।
    रुपन्दहीस्थित बेलहिया नाकाका हुँदैं मुलुक भित्रिने पर्यटकको सहजीकरण र स्थानीय युवालाई स्वरोजगार तुल्याउने उद्देश्यले तालिम आयोजना गरिएको परिषदले जनाएको छ ।

    तालिमको उद्घाटन गर्दै उद्योग, पर्यटन तथा यातायात मन्त्री जानकीप्रसाद यादवले प्रदेशका पर्यटकीय गन्तव्य पहिचान गरेर तिनको बिकासका योजना बनाउने बताए । दुई छिमेकी मुलुक भारत र चीनबाट कसरी धेरै पर्यटक भित्र्याउन सकिन्छ भन्नेबारे नीजि क्षेत्रसित छलफल र समन्वय गरेर योजना बनाउने तयारी गरिरहेको उनले जानकारी दिए ।
    परिषदका कार्यकारी निर्देशक रामु जोशीले सुरुमा स्थलमार्ग हुँदैं धेरै पर्यटक भित्रिने बेलहिया नाका लक्षित गरेर तालिम आयोजना गरिएको जानकारी दिए ।

    लुम्बिनी बिकास कोषका कोषध्यक्ष ढुण्डीराज भट्टराई ९सिद्धीचरण०ले पर्यटन पथ प्रदर्शन आकर्षणको पेशा भएको बताए ।