२०८१ आश्विन २१ गते, सोमबार ११:००
  • कालिकोटको सुनथराली विमानस्थलबाट उडान सुरु, उपप्रधानमन्त्री खड्काद्वारा उद्घाटन

    सुर्खेत– कालिकोटमा रहेको सुनथराली विमानस्थलबाट उडान सुरु भएको छ। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सोमबार विमानस्थलको उद्घाटन गरेका हुन्। उनले कर्णालीमा चुनावी सभाहरूमा गरेका प्रतिबद्धताहरू पूरा हुँदै गएको बताए।

    अब कालिकोटका नागरिकलाई यातायातमा सहज हुने गरी तीनै तहका सरकारले समन्वय गर्ने पनि खड्काको भनाइ छ ।
    नेपाल एयरलाइन्सको विहान ११ बजे सुर्खेतबाट उडान गरि ११ २० मा सुनथराली विमानस्थलमा अवतरण भएको थियो ।
    कालिकोटको सनथराली विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले सातामा एक दिन उडान भर्नेछ।