२०८१ आश्विन २१ गते, सोमबार ११:१०
  • पोखरालाई आज पर्यटकीय राजधानी घोषणा गरिँदै

    पोखरा– पोखरालाई आज नेपालको पर्यटकीय राजधानी घोषणा गरिँदै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रम तय भएको छ। बसुन्धानरा पार्कदेखि विभिन्न झाँकीसहितको र्याली निकालिने र बाराहीघाटमा औपचारिक समारोह हुने छ।

    पर्यटन क्षेत्रको विकासले पोखरा र गण्डकी प्रदेशकै अर्थतन्त्रमा सहयोग पुग्ने पाखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए। पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्ने हेतुले आगामी बजेटलाई केन्द्रित गरेर पनि छलफल गर्न सुरु गरिएको उनको भनाइ छ।

    आचार्यले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएको बताए।