
बुटवल-मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले प्रधानमन्त्रीको भ्रमणले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह शनिवार मुस्ताङ पुगेका छन्।
प्रधानमन्त्री पुग्दा मुस्ताङमा पर्यटन अझ बढ्ने बुद्धपरिपथसँग गाउँपालिका अध्यक्ष लालचनले आशा व्यक्त गरे। ‘प्रधानमन्त्री जहाँ जानुभएको छ। त्यहाँ ब्रान्ड भइरहेको छ। यहाँको पर्यटकलाई राम्रै सघाउ पुग्छ भन्ने हामी आशा गरिरहेका छौँ।’ उनले भने ‘पहिले पनि नगरप्रमुख हुँदा एकपटक आउनुभएको थियो। अहिले प्रधानमन्त्री हुँदा पनि आउनुभएको छ। देशको प्रमुख विदेशका प्रमुख आउँदाखेरि त धेरै नै मुस्ताङप्रतिको दृष्टि धेरै नै फरक पर्छ।’
केही वर्ष अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले नेपाल भ्रमण गरेका थिए। त्यसको प्रभावस्वरुप मुस्ताङमा भारतीय पर्यटकको आगमन ह्वात्तै बढेको छ। प्रधानमन्त्रीको रुपमा बालेन आएपछि मुस्ताङको आकर्षण देश भित्र र बाहिर झन बढ्ने लालचनले बताए। ‘प्रधानमन्त्री आएपछि पत्रकारहरुले पनि लेख्नुहुन्छ। उहाँले बढी मालिका भन्नुभयो त्यहाँ चर्चा भयो । अपि हिमालमा पनि पर्यटक बढ्यो। ‘ उनले भने ‘अब मुस्ताङको चर्चा छ यहाँपनि राम्रो चहलपहल हुन्छ भन्ने आशा छ। देशको एउटा ब्रान्ड प्रधानमन्त्री आउँदा हाम्रो अब हिमालपारीको जिल्लाको प्रवद्र्धन हुन्छ।’

