२०८१ आश्विन २१ गते, सोमबार ११:०८
  • ठमेल र दरबारमार्ग क्षेत्र २४ सैँ घन्टा खुलाउने तयारी

    काठमाडौँ -सरकारले काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्र २४सैँ घन्टा खुलाउने तयारी गरेको छ। ठमेल र दरबारमार्ग क्षेत्रलाई रातभर पनि खुलाउन सुरक्षा योजना बनाइरहेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए। ढिलोमा आगामी बैशाख १ गते नयाँ वर्ष भित्रै यी ठाउँ २४ सै घण्टा खुल्ला हुने उनले जानकारी दिए। सुरक्षाको पूर्ण प्रत्याभूति हुने त्यसको लागि मापदण्ड बनाइ सुरक्षाकर्मीको थप गर्ने तयारी भइरहेको बस्नेतको भनाइ छ । ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४सैँ घन्टा सञ्चालन गर्ने गृह मन्त्रालयको तयारी छ ।