२०८१ आश्विन २१ गते, सोमबार ११:०९
  • मलेशियामा अन्तर्राष्ट्रिय पर्यटन मेला सुरु, नाट्टाको संयोजकत्वमा नेपालबाट पनि सहभागीता

    काठमाडौँ -मलेशियामा अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला माट्टा फेयर सुरु भएको छ। मलेशियन एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (माट्टा) को आयोजनामा राजधानीको क्वालालाम्पुरमा मेला सुरु भएको हो। माट्टा फेयरमा नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टाको संयोजकत्वमा १४ पर्यटन व्यवसायी कम्पनी सहभागी छन्।

    मार्च २२ देखि २४ सम्म सञ्चालन हुने मेलाका नाट्टाका अध्यक्ष रमेश थापा, वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल, कोषाध्यक्ष राजकुमार देवकोटा लगायत सम्मिलीत छन्।नाट्टाले गत महिनाहरुमा आफ्नै पहलमा स्पेनको मेड्रिड र बंगलादेशको ढाकामा भएको मेलामा सहभागिता जनाई सकेको छ।

    मलेशिया नेपालको लागि आन्तरिक तथा बाह्य पर्यटनको उदयमान पर्यटन बजारको रुपमा परिचित छ। विशेषतः विदा पर्यटन, सांस्कृतिक तथा धार्मिक पर्यटनका लागी मलेशियन पर्यटकहरु नेपाल आउने गर्दछन र हालको समयमा कैलाश मानसरोवर यात्राका लागी त्यहाँका हिन्दु धर्मालम्बीहरु मलेशियाबाट नेपाल आउनेहरु क्रम बढ्दो छ।