२०८१ आश्विन २१ गते, सोमबार ०९:११
  • नेपाली सेनाको गोरखा–जितगढी पदयात्रा शुरु, वैशाख ७ मा विजय उत्सवका साथ समापन

    बुटवल– नेपाली सेनाको दोस्रो गोरखा–जितगढी पदयात्रा सुरु भएको छ। ऐतिहासिक सम्पदाहरू तथा घटनाक्रमको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ चैत्र २७ मंगलबारबाट पदयात्रा सुरु भएको हो। पश्चिम पृतनापति उपरथी सन्तोष बल्लब पौड्याल र गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना मगरले झण्डा हस्तान्तरण गरी पदयात्राको शुभारम्भ गरेका थिए।

    सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबै भन्दा पहिले खडा भएका ५ (पांच) ओटा स्थायी कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुज) हरु तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित पदयात्रा गरेका छन् ।

    करिव २०७ कि.मि. दुरीमा सञ्चालन हुने यात्रा गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा हुँदै रुपन्देहीको बुटवलस्थित जितगढीसम्म पुगेर समारोहका साथ समापन हुने नेपाली सेनाले जाएको छ। नेपाली सेनाले ऐतिहासिक जितगढी किल्ला मर्मत तथा पुनः निर्माण गरी गत पौष २० गते बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो । यस्तै, नेपाली सेनाद्वारा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखा–काठमाडौँ एकीकरण मार्गमा पदयात्रा सञ्चालन हुँदै आएको छ ।