२०८१ आश्विन २१ गते, सोमबार ११:०१
  • अष्ट्रेलियाकी पर्वतारोही एली पेपरले गरिन बिना अक्सिजन अन्नपूर्ण–१ सफल आरोहण

    काठमाडौं -अष्ट्रेलियाकी पर्वतारोही एली पेपरले बिना अक्सिजन विश्वका १०औं अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन्। आफ्ना गाईड मिकेल शेर्पा र निमा शेर्पाका साथमा पेपरले आइतबार दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्ण–१ मा पाइला टेकेकी हुन्। उनले अन्नपूर्ण–१ को चुुचुरोबाट देखिएको दृश्यको बारेमा पनि सुनाइन्।

    दुई वर्ष भित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने लक्ष्य लिएकी पेपरले अन्नपूर्ण–१ को चुचुरोमा पुगकी हुन्। यससँगै उनले आठ हजार मिटर अग्ला ३ हिमाल आरोहण गरेकी हुन्। यसपछि कञ्चनजङ्घा र मकालु हिमाल आरोहण गर्ने उनको लक्ष्य छ। एकपछि अर्को आठ हजार मिटर अग्लो हिमालहरु आरोहण गर्दै जाने र आपूmले तोकेको समय भित्र नै १४ वटै हिमालहरुको चुचुरोमा पाइला टेक्ने पेपरको भनाइ छ।

    सेभेन समिट ट्रेक्स कम्पनी मार्फत पेपरले अन्नपूर्ण १ को आरोहण गरेको कम्पनीका अध्यक्ष मिङ्गमा शेर्पाले जानकारी दिए। यो उमेरमा महिला पर्वतारोहीले यसरी बिना अक्सिजन विश्वका १४ वटा हिमालको लक्ष्य सहित तीन वटा हिमालको आरोहण गर्नु ठूलो कुरा रहेको शेर्पाको भनाइ छ । बिना अक्सिजन १४ वटा हिमालका चुचुराहरूमा पुग्ने आफ्नो सपना पूरा गर्न गत मार्चको पहिलो साता टिमसहित काठमाडौं आइपुगेकी थिइन्।

    २००७ मा उनले माउन्ट चोयु हिमाल तिब्बत तर्फाबाट बिना अक्सिजन हिमाल आरोहण गर्न थालेकी हुन्। ४८ वर्षीया पेपरले चुनौतीहरूको सामना गरिरहेका महिलाहरूलाई आफ्नै चुनौतीहरू पार गर्दै त्यसबाट जित्न प्रोत्साहित गर्ने लक्ष्य राखेको बताइन्। यसअघि उनले सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२औँ अग्लो हिमाल ब्रोडपिक ९८,०५२ मिटर० र विश्वको पाँचौं अग्लो हिमाल मनास्लु ९८,१६३ मिटर० को सन् २०२३ को सेप्टेम्बर २८ तारिखका अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरी सकेकी छन्।

    सिड्नीकी पर्वतारोही पेपरले सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२ औँ अग्लो हिमाल ब्रोडपिक ९८,०५२ मिटर० को बिना अक्सिजन सफल आरोहण गरी पहिलो अष्ट्रेलियाली महिला बनेकी थिइन। आफ्नै आरोहण शैलीका कारण उनले लक्ष्य राखेको समयमै सफलता हासिल गर्नेमा विश्वस्त छिन् । पेपरले लक्ष्यका लागि शारीरिक रूपमा मात्र नभएर मानसिक, भावनात्मक, आध्यात्मिक रूपमा पनि आपूmलाई तालिम दिइरहेकी छन्। यही सम्पून्न कुराले पेपरलाई प्रेरित गरेको उनको भनाइ छ।
    हालसम्म छ जनाले मात्र अक्सिजन बिना विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरु आरोहण गरेका छन्। सबै हिमालको मुख्य चुचुरोमा पुगेका भने दुई जना मात्र हुन्, उनीहरुलाई त्यसको लागि १६ वर्ष लागेको थियो। विश्वमा छ जनाले सफलतापूर्वक १४ वटा हिमालहरु आरोहण गरिसकेकोले पनि उनमा आपूmले चालेको कदमले आफनो लक्ष्यमा सम्ममा पुग्ने विश्वास रहेको छ।