२०८१ आश्विन २१ गते, सोमबार ०९:०९
  • शालिग्राम महोत्सव वर्ष २०८१ सुरु हुँदै, बैशाख ७ गते धार्मिक मार्ग यात्रा

    बुटवल -शालिग्राम महोत्सव वर्ष २०८१ यही बैशाख ७ गतेबाट सुरुवात हुने भएको छ। कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठानको आयोजनामा हुने शालिग्राम महोत्सव अन्तर्गत पहिलो दिन रुपन्देहीको सिमानाका बेलहियाबाट धार्मिक मार्ग यात्रा सुरु हुने छ।

    यात्रा बुटवल पाल्पा हुँदै सोही दिन गुल्मी, पाल्पा र स्याङजाको संगमस्थल रुरु क्षेत्र पुगी शालिग्राम महोत्सवको घडा स्थापना गरिने छ। रुरु क्षेत्र अर्थात रिडीमा धार्मिक विद्वान, पर्यटन व्यवसायी र सरकारी प्रतिनिधीबीच शालिग्राम र महोत्सवको विषयमा छलफल हुने प्रतिष्ठानकी अध्यक्ष रचना पन्तले जानकारी दिइन्। धार्मीक मार्ग यात्रा अन्तर्गत बैशाख ८ गते मुक्तिनाथको लागि प्रस्थान गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा पन्तले बताइन्। सोही दिन बेलुका जोमसोम पुगिने र ९ गते मुक्तिनाथ धामको दर्शन गरिने छ। यात्रामा नेपाल र भारतका पर्यटन व्यवसायी पत्रकारहरु सहभागी हुने छन्।

    कालीगण्डकीमा मात्र पाइने शालिग्राम विश्वभरका हिन्दुधर्मलम्बीले पूजा गर्ने गर्दछन्। शालिग्राम शिलाको महत्वको बारेमा अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार र प्रवद्र्धन गर्नको लागि शालिग्राम महोत्सव वर्ष २०८१ आयोजना गरिएको पत्रकार सम्मेलनमा बताइएको थियो। महोत्सवले धार्मिक पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकास र रोजगारी सिर्जनामा समेत टेवा पुग्ने पन्तको भनाइ छ।

    शालिग्राम महोत्सव वर्ष अन्तर्गत कात्र्तिकमा शालिग्राम महायज्ञको आयोजना हुने छ। महायज्ञमा उत्तर प्रदेश सरकारका मुख्यमन्त्री आदित्यनाथ योगी सहित धार्मिक गुरुहरुलाई निमन्त्रणा गरिएको छ। महोत्सव वर्ष अन्तर्गत २४ वटा एकादशी र एक पूर्णिमामा गरि २५ वटा कार्यक्र गरिने पत्रकार सम्मेलनमा बताइएको थियो। त्यस्तै महायज्ञ स्तम्भ निर्माण, चर्चा परिचर्चा, गोष्ठि, सभा सम्मलेन हुने छ। महोत्सवमा १५ लाख धार्मिक पर्यटक रुरु क्षेत्र ल्याउने उदेश्य राखिएको छ। चैत्रमा शालिग्राम महोत्सव २०८१ को समापन हुने छ।