२०८१ आश्विन २१ गते, सोमबार ११:०३
  • बुटवलदेखि मुक्तिनाथसम्मको धार्मिक पर्यटकीय यात्रा शुरू

    बुटवल- बुटवलदेखि मुक्तिनाथसम्मको धार्मिक पर्यटकीय यात्रा शुरू भएको छ। सोमबार विहान स्वामी लोकानन्द सहित १५० जनाको टोली मुक्तीनाथ तर्फ प्रस्थान गरेको हो। टोलीलाई विदाइ गर्दै बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले बुटवललाई पर्यटकहरुको उत्कृष्ठ विश्रामस्थल बनाउने बताए।

    भारतका विभिन्न स्थलहरूबाट मुक्तिनाथ भ्रमणका लागि प्रचारप्रसार गर्ने र जसको केन्द्रविन्दु तथा विश्रामस्थल बुटवललाई बनाउने उदेश्य रहेको उनको भनाइ छ। यो यात्राले बुटवलमा आउने पर्यटकको संख्या वृद्धि गर्न मदत पुराउँछ। बुटवलको मुक्तिनाथधाम र अरू धार्मिक, ऐतिहासिक पर्यटकीय स्थलको प्रवर्धनमा सघाउ पुग्छ। पाण्डेले भने । त्यस्तै चिनिया पर्यटकहरुलाई कोरोला नाकादेखि लुम्बिनीसम्मको यात्रा गर्न प्रोत्साहित गरिने समेत उनले बताए।