२०८१ मंसिर ९ गते, आईतवार १७:३९
  • थाईल्याण्ड पुगेर लुम्बिनी विकास कोषका तर्फबाट श्रद्धाञ्जली अर्पण  


    लुम्बिनी- बुद्धजन्मस्थल लुम्बिनी स्थित राजकीय थाई विहारका प्रमुख भन्ते सुफोद र थाइल्याण्डको नेपाल–भारत हेर्ने धर्मदुतको आमाको निधनमा लुम्बिनी विकास कोषका तर्फबाट श्रद्धाञ्जली अर्पण गरिएको छ। ७७ बर्षिय स्व. योम सुफानको निधनको ७ औं दिन सोमबार नेपालको प्रतिनिधित्व गर्दै लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य राजेश शाक्यले श्रद्धाञ्जली अर्पण गरेका हुन्।

    थाइल्याण्ड स्थित बिहार बैंककदेखि ४ सय किमि पुर्व सुरथमा पुगि  श्रद्धाञ्जली अर्पण गरिएको कोषका कोषाध्यक्ष भट्टराईले जानकारी दिए। राजकिय सम्मानसाथ गरिएको श्रद्धाञ्जली सभामा लुम्बिनी बिकास कोष र नेपालको प्रतिनिधित्व गरि परिवारजनहरू प्रति समवेदना प्रकट गरिएको थियो।

    यसैविच थाईल्याण्डकी प्रमुख प्रतिपक्षी दलका नेता सुधारथसंग पनि भेट गरी लुम्बिनीको विकासका सन्दर्भममा छलफल गरिएको कोषाध्यक्ष भट्टराईले बताए। थाईल्याण्डको नर्थ बैककमा रहेको प्रसिद्ध बौद्ध धार्मिक संस्था धम्मकायाको विहार प्रमुख भिक्षु लुजिपो धम्मकायोको औ जन्मदिवस समारोहमा समेत भट्राई सहितको टोली सहभागी भएको छ। धम्मकायाको निमन्त्रणामा थाइल्याण्ड रहेका कोषाध्यक्ष भट्टराई सहितको टोलीले बृहत्तर लुम्बिनी क्षेत्रमा बौद्ध धार्मिक गतिविधि र पुर्वाधारका लागि थालइल्याण्डले खेलेको भूमिका प्रशंसनीय रहेको र अझ बढाउनका लागि विभिन्न निकायहरुसँग छलफल गर्नेछ।