२०८१ आश्विन २१ गते, सोमबार ०९:१७
  • इजरायलमा मर्मत सम्भार सकि काठमाडौँ आइपुग्यो निगमको जहाज

    काठमाडौँ – नेपाल बायुसेवा निगमको न्यारोबडी जहाज इजरायलमा मर्मत सम्हारपछि काठमाडौँ आइपुगेको छ। निगमको नाइन एन एकेएक्स जहाज सनिवार राती काठमाडौ आइपुगेको हो। जहाजको एउटा इन्जिनमा प्राविधिक समस्या आएकाले मर्मतको लागि इजरायल पठाइएको थियो।

    मर्मतको क्रममा आवश्यक प्राविधिक जाँच गर्दा इन्जिन भित्रको ३३ वटा ब्लेड पुरै फेर्नुपरेको निगमका प्रवक्ता रमेश पौडेलले बताए। मर्मतका लागि आवश्यक पाटपुर्जाहरु बजारमा अभाव भएको र युद्ध प्रभावित क्षेत्र भएकाले आपूर्तिमा कठिनाइ  भइ ढिलाइ भएको निगमले बताएको छ।

    निगमको नेतृत्व प्राविधिक तथा सम्बन्धीत कर्माचारीहरुको लगातारको अथक प्रयासबाट इन्जिन छिटो मर्मत गराइ जहाज उडान योग्य भएको प्रवक्ता पौडेलले बताए।