२०८१ आश्विन २१ गते, सोमबार ११:०६
  • उच्च गुणस्तरका पर्यटक आकर्षण गर्न जोड दिन्छौं : मन्त्री तामाङ

    काठमाडौँ -संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले विदेशी पर्यटकको सङ्ख्यात्मक वृद्धिसँगै उच्च गुणस्तरका पर्यटक आकर्षण गर्न जोड दिइने बताएका छन्। काठमाडौँमा भएको तेस्रो लगानी सम्मेलनमा उनले पर्यटकको नेपाल बसाइ अवधि बढाउने र प्रतिपर्यटक खर्चमा समेत बढोत्तरी गर्ने लक्ष्य रहेको जानकारी दिए। सरकारले पर्यटन दशक (२०२३–२०३२) मा हरेक वर्ष पर्यटक आगमनमा १५ प्रतिशत विन्दुले वृद्धि गरी सन् २०३२ मा ३५ लाख पुर्‍याउने लक्ष्य लिइएको मन्त्री तामाङले बताए।

    तामाङले देशको कुल ग्राहस्थ उत्पादन ९जीडीपी० मा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्याउने लक्ष्य रहेको सुनाए। नेपाललाई दक्षिण एशियाको मुख्य पर्यटन गन्तव्यका रूपमा विकास गरिने भन्दै पर्यटनमन्त्री तामाङले राष्ट्रिय पर्यटन रणनीतिक योजना २०१६-२०२५० अन्तिम चरणमा रहेको उल्लेख गरे। उनले पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई समसामयिक सुधार गरी लगानीमैत्री बनाइने बताए। नेपाल वायुसेवा निगमलाई सुधार गरी जहाज थपेर थप गन्तव्यमा उडान गर्ने र अन्य वायुसेवालाई पनि आकर्षण गर्ने योजना रहेको उनको भनाइ छ।