२०८१ आश्विन २१ गते, सोमबार १०:५९
  • शंकरनगर बनबाटिकामा टिकट र सेड बुकिङ अब अनलाइन बैकिङमार्फत

    तिलोत्तमा -रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र ९वन वाटिका० को टिकट तथा शेड बुकिङ अब अनलाइन बैकिङमार्फत हुने भएको छ । यसका लागि शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले आईएमएसमार्फत अनलाइन टिकटिङ सफ्टवेयर निर्माण गरी वनवाटिकालाई उपलब्ध गराइसकेको छ ।
    बुधबार वनवाटिकामा आयोजित एक समारोहबीच शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि।ले अनलाइन टिकटिङ सिस्टमको क्यूआर कोड र चारवटा स्क्यान मेशिन वनवाटिकालाई हस्तान्तरण गरेको छ ।

    कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल प्रविधिको उच्चतम प्रयोगबाट नै ब्यक्ति, संस्था र देशको आर्थिक कारोबार सुरक्षित, व्यवस्थित र पारदर्शी हुने भएकाले सबै आर्थिक कारोबारहरु डिजिटलाइज गर्दै जानु समयको आवश्यकता भएको बताए ।

    डिजिटिल बैकिङले नगद बोकेर हिंड्नुपर्ने झण्झटको अन्त्य र सुरक्षित पनि हुने मात्र नभइ नगद पैसा छाप्दा हुने राज्यको अरबौ खर्च जोगिने भएकाले सिंगो देशलाई डिजिटलाइज बैकिङ प्रणालीमा लैजान सबैको ध्यान जानुपर्ने पौडेलले औंल्याए ।
    वनवाटिकाका अध्यक्ष बेलप्रसाद शर्माले संस्थाले तीन वर्ष अघिदेखि नै अनलाइन टिकटिङमा जाने सोंच बनाए पनि कोरोना महामारीका कारण ढिलाइ भएको उल्लेख गरे । उनले अनलाइन टिकटिङ सिस्टमले संस्था प्रविधियुक्त र आर्थिक कारोबार पारदर्शी हुने बताए । वनवाटिकामा १ वर्षमा करिब साढे ३ लाख पर्यटक घुम्न आउने गरेकाले अनलाइन बैकिङले टिकट काट्न लाइनमा बस्न नपर्ने उनको भनाइ छ।

    बैंककी प्रमुख सञ्चालन अधिकृत नम्रता थापाले अहिलेको युग सूचना प्रविधिको भएकाले आफ्नो सेवा तथा सुविधालाई प्रविधिसँगै जोड्दै जाँदा त्यसबाट सेवा प्रदायक संस्था र सेवाग्राही र उपभोक्ता दुवैलाई सहज हुने र समयको बचत हुने बताइन् ।