२०८१ आश्विन २१ गते, सोमबार १३:११
  • भैरहवाबाट पुनः उडानको लागि जजिरा एयरवेजदवारा तालिका सार्वजनिक

    भैरहवा -फागनु २५ गतेदेखी भैरहवाबाट पुनः उडान सुरु गर्न लागेको जजिरा एयरवेजले उडान तालिका सार्वजनिक गरेको छ । भैरहवाबाट सातामा तीन वटा उडान गर्ने गरी जजिराले तालिका सार्वजनिक गरेको हो ।
    तालिका अनुसार जजिराले कुबेतका लागि मंगलबार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८ः०५ बजे उडान भर्नेछ ।
    कुवेतमा स्थानीय समय अनुसार बिहान १०ः५५ बजे अवतरण गर्ने छ । साथै जजिरा एयरवेजले भैरहवादेखि कुवेतसम्म २८ हजार ८३६ रुपैयाँको विशेष प्रारम्भिक एकतर्फी उडान भाडा कायम गरेको समेत जनाएको छ ।

    नेपालस्थित जजिरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेस्का अध्यक्ष रविचन्द्र सिंहले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालको समग्र पर्यटनमा सहयोग गर्ने जजिरा एयरवेजको प्रतिवद्धता अनुसार मध्यपूर्वमा पुनः सिधा उडान गर्न बताए।