२०८१ आश्विन २१ गते, सोमबार ११:११
  • नारायणी किनारलाई समुद्री तट जस्तै सुन्दर र आकर्षक बनाइँदै

    चितवन – नारायणी नदी किनारलाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ । नारायणी नदि किनारमा समुद्री तटको स्वरुपमा विकास गर्न लागिएको हो । नारायणी नदि किनार सहरी विकास मन्त्रालयअन्तर्गत धार्मिक आरती स्थल निर्माण साथै पर्यटन प्रबर्द्धन सहितको पुर्बाधारले निर्माण गरिने भएको हो । यसबाट नारायणी नदि किनारलाई स्वच्छ हराभरा र सुन्दर अनुभुति गर्न गर्न सकिने छ।

    बुधबार आरतीस्थल तथा नारायणी नदीकिनार संरक्षणको उद्घाटन गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले नारायणी नदी किनारलाई उत्कृष्ट पर्यटकीय स्थल बनाई विश्वभरबाट पर्यटक आकर्षित गरी पर्यटकीय गतिविधि गर्न सकिने बताइन्।

    सघन शहरी विकास तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले आकर्षक आरती स्थल निर्माण १८ महिनामा पूरा हुने जानकारी दिए।

    २०७६ को बैशाखदेखि नारायणी नदीकिनारमा साँझ आरती गरिँदै आइएको छ । नारायणी किनारमै किनारा संरक्षणका लागि ६ सय ४० मिटर दुरीमा संरचनाहरु बन्ने भएका छन् । १५ करोड ९२ लाख लागतमा डाइनामिक कन्स्ट्रक्सन प्रालिले १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी पुस ५ गते सम्झौता गरेको छ ।