२०८१ आश्विन २१ गते, सोमबार ११:०३
  • लुम्बिनीमा आर्थिक शिखर सम्मेलनदेखी घुम्न जाउँ वर्दिया कार्यक्रमसम्म

    बुटवल– लुम्बिनी प्रदेश सरकारले लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन गर्ने जनाएको छ। आगामी आर्थिक वर्ष २०८१ ८२ को बजेटमा जिवनकालामा लुम्बिनीमा कम्तिमा एक पटक भन्ने भनाइ सहित शिखर सम्मेलन गर्ने उल्लेख छ।बुद्ध जिवन सम्बन्धीत रुपन्देही, नवलपरासी र कपिबस्तुका स्थानलाई समेटेर लुम्बिनी क्षेत्र पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने बजेट वक्तव्यमा भनिएको छ।

    घुम्न जाउँ बर्दिया कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरेको आर्थिक मामिलामन्त्री चेतनारायण आचार्यले जानकारी दिए। पर्यटनसँग बन कार्यक्रम, शालिग्राम महोत्सव तथा सन्त सम्मेलन गर्नको लागि पनि बजेट विनियोजन भएको छ।
    प्यूठानको स्वर्गद्वारी, गुल्मीको रेसुङ्गा, अर्घाखाँचीको सुपा देउराली, दाङको पाण्डवेश्वर, बाँकेको बागेश्वरी र बर्फानी बाबाधाम लगायतका प्रदेशका महत्वपूर्ण धार्मिक स्थलहरुको संरक्षण र प्रवर्द्धन गरिने मन्त्री आचार्यले बताए।