२०८१ आश्विन २१ गते, सोमबार १०:५९
  • बुटवल भ्रमण वर्ष मनाउन ५० लाख रुपैया विनियोजन


    बुटवल-आगामी आर्थिक वर्षलाई बुटवल भ्रमण वर्ष मनाउन ५० लाख रुपैया बजेट विनियोजन भएको छ। बुटवल उपमहानगरपालिकाले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को बजेटमा भ्रमण बर्षको लागि बजेट छुट्याइएको हो। यस अघि नीति तथा कार्यक्रम मार्फत उपमहानगरपालिकाले बुटवल भ्रमण वर्ष मनाउने घोषणा गरेको थियो।

    उपमहानगरकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई उत्कृष्ठ विश्राम स्थलको रुपमा स्थापित गर्दै आन्तरिक तथा बाहय पर्यटकलाई बृद्धि गर्न भ्रमण बर्ष मनाउन लागेको जानकारी दिइन्। भ्रमण वर्ष घोषणा गरि पर्यटन प्रर्वद्धनको कार्यक्रम सञ्चालन गर्न ५० लाख विनियोजन गरेको उनले बताइन्।