२०८१ आश्विन २१ गते, सोमबार १३:०८
  • अब पोखरा भद्रपुर सिधा उडान हुने

    काठमाडौँ -पोखराबाट पूर्वी नेपालको भद्रपुरमा सिधा उडान हुने भएको छ । बुद्ध एयरले ९ मार्च अर्थात फागुन १५ गतेदेखी पोखरा भद्रपुर उडान गर्न लागेको हो
    एक घण्टाको उडान अवधि रहने पोखराबाट भद्रपुरसम्मको लागि प्रमोसनल भाडादर ७ हजार ५ सय रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार पोखराबाट भद्रपुरको उडान समय बिहान ६ः१५ तथा भद्रपुरबाट पोखराको उडान समय १८ः५५ तोकिएको छ ।

    यस उडानबाट दुवै शहरका जनता लभान्वित हुने र दैनिक उडानबाट यी दुवै ठाउँको पर्यटकीय स्थलमा चहलपहल बढ्ने विश्वास गरिएको छ। भद्रपुर नजिकै रहेका चियाबगान, विभिन्न धार्मिक स्थल तथा देशकै होचो ठाउँको अवलोकन गर्न सकिन्छ ।
    यस सिधा उडानबाट भद्रपुर नजिक रहेका भारतीय शहरहरु सिक्किम तथा पश्चिम बंगालका दार्जिलिङ, सिलिगुढी तथा विभिन्न शहरका पर्यटकहरुलाई पोखरा आउजाउ गर्न निकै सजिलो हुने बुद्ध एयरको भनाइ छ ।