२०८१ आश्विन २१ गते, सोमबार ०९:१२
  • बर्दिया निकुञ्जको बुरहान क्याम्प विश्वका उत्कृष्ठ गन्तव्यको सूचीमा

    बुटवल – बर्दिया राष्ट्रिय निकुञ्जको बुरहान वाइल्डरनेस क्याम्प लाई टाइम म्यागजिनले संसारका उत्कृष्ट ठाउँहरूको सूचीमा समावेश गरेको छ। टाइमले २०२४ मा भ्रमणका निम्ति छानेका उत्कृष्ठ ठाउँहरुको सूचीमा बुरहान १६ औं नम्बरमा राखिएको छ।

    अमेरिकी म्यागजिन टाइमले बिहीबार ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूची सार्वजनिक गरेको हो। यसका लागि टाइमले संवाददाता र सहयोगीहरूको मद्दत लिएको थियो।बर्दियाको खाता वन्यजन्तु कोरिडोरको एक महत्वपूर्ण भागमा बुरान वाइल्डरनेस क्याम्प अवस्थित छ। यो भावनापूर्ण संरक्षणवादीहरूको टोलीद्वारा सञ्चालित छ। यस क्षेत्रमा एकसिङे गैँडा, बङ्गाल टाइगर, एसियाली जंगली हात्ती, र ब्ल्याक आइबिस, रुड्डी शेल्डक, नाइटजार, फिशिङ ओल जस्ता धेरै चराहरू सहित केही प्रमुख वन्यजन्तु प्रजातिहरू पाइन्छ।

    बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको बुरहान वाइल्डरनेस क्याम्पको विशेषता भनेको पर्यटकलाई यहाँ क्याम्पिङको व्यवस्था मिलाइन्छ। निकुञ्जमा रहेको बुरहान वाइल्डरनेस क्याम्पमा रहेर विभिन्न गतिविधि गर्न पाइन्छ। यसबाहेक पर्यटक नभएको समयमा भने आरक्षण क्षेत्रमा कुनै पनि क्याम्प गराइँदैन।