२०८१ आश्विन २१ गते, सोमबार ११:१०
  • पर्यटन क्षेत्रमा परिणाममुखी काम गरेर देखाउँछु : मन्त्री पाण्डे

    काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले परिणाममुखी काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरेका छन्। नेपाली कांग्रेस पर्यटन विभागद्वारा शुक्रबार आयोजित लोकतान्त्रिक पर्यटन व्यवसायीसँगको छलफल एवम अन्तरक्रिया कार्यक्रममा उनले आफूले निष्ठापूर्वक काम गरिरहेको उल्लेख गरे।

    मन्त्री पाण्डेले आफू हाल १८ घण्टा मन्त्रालयको काममा खटिएको मुलुकको पर्यटन क्षेत्रलाई सुधार गर्ने दाबी गरे। उनले संस्कृति र प्रकृतिलाई सँगसँगै लिन सकेमा पर्यटनको विकास हुने बताए। पर्यटनमैत्री पर्यटन नीति बन्नेमा पर्यटन व्यवसायीलाई ढुक्क रहन आग्रह गर्दै पाण्डेले आफूलाई पार्टी, नेता र कार्यकर्ताको विश्वासमा कुठाराघात नगरि निष्ठा पूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

    साथै उनले पर्यटन व्यवसायीहरूलाई व्यक्तिगत लाभका काम नभई समग्र मुलुकको समृद्धि र विकासमा टेवा पुग्ने काम गर्ने प्रतिद्वता दोहोर्याए। पर्यटन व्यवसायी आफैंमा थिङट्याक्क भएकाले निष्कर्ष र निचोड सहितको सुझाव दिन समेत पाण्डेले आग्रह गरे।