२०८१ आश्विन २१ गते, सोमबार ११:०५
  • नुवाकोटमा हेलिकप्टर दुर्घट्ना, ५ जनाको मृत्यु

    काठमाडौं- नुवाकोटमा भएको हेलिकप्टर दुर्घट्नामा ५ जनाको मृत्यु भएको छ। बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन(एजेडी कलसाइन भएको हेलिकप्टर बुधबार दिउसो नुवाकोटको शिवपुरी गाउँपालिका ७ सूर्यचौरमा दुर्घट्ना भएको हो।

    दुर्घट्नामा एक जना नेपाली र चार जना चिनियाँ नागरिकको मृत्यु भएको छ। हेलिकप्टर काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो। उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो। हेलिकप्टरमा क्याप्टेन अरूण मल्ल, चिनियाँ नागरिकहरू जुदाड टाङ, जिली, यियाद वु र जेमिङ सी को मृत्यु भएको हो ।