२०८३ जेष्ठ २६ गते, मंगलवार ०४:५९
  • मन्त्री पाण्डेद्वारा हेलिकप्टर दुर्घट्नास्थलको निरिक्षण

    काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले हेलिकप्टर दुर्घट्नास्थलको निरिक्षण गरेका छन्। एयर डाइनेष्टिको ९ एन एजेडी कलसाइनको हेलिकप्टर बुधबार दुर्घटना भएको थियो । दुर्घट्ना स्थल नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं ७ सूर्यचौरको स्थलगत निरीक्षण गरेका हुन्।

    सो क्रममा मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि र नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत सहभागी थिए। मन्त्री पाण्डेको सचिवालयले बुधबार राती एक प्रेस नोट जारी गर्दै यस अघि तय भएका सबै औपचारिक कार्यक्रम एक साताका लागि स्थगित गर्ने तथा आति आवश्यक बाकहेकका भेटघाट बन्द गरी हवाई सुरक्षाका विषयमा चाल्नु पर्ने तत्कालीन तथा दीर्घकालीन काममा केन्द्रित हुने बताएको थियो।