२०८१ आश्विन २१ गते, सोमबार ११:०४
  • मैले मन्त्री पदलाई ठूलो र दूर्लभ पद ठानेको छैन : मन्त्री पाण्डे


    काठमाडौ– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्री पदलाई ठूला र दूर्लभ पद नठानेको बताएका छन्।
    विहिबार प्रतिनिधि सभा अन्तरगत रहेको अन्तरास्ट्रिय तथा पर्यटन समितिमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले आफूले इमान र मेहनतको भरमा काम गरिरहेको उल्लेख गरे। ,’मन्त्री पदलाई मैले ठूलो र दुर्लभ पद ठानेको छैन।म आफ्नो ईमान र मेहनतको भरमा काम गरिरहेको छु।’ उनले भने।

    अहिले मन्त्रालय मातहतका वेथिती र विसंगतिहरूलाई हटाउनका लागि १८ घण्टा काम गरिरहेको पाण्डेको भनाइ छ। आफुलाई विकृतिको डुंगुरमाथि उभिएको अनुभुती समेत भईरहेको उनले बताए। पर्यटन मन्त्री पाण्डेले आफू संसदमा तेस्रो पटक आएको भन्दै कानुनी र संवैधानिक रूपमा सहयोग गर्न समेत अपिल गरेका छन्। साथै हिजो भएको हेलिकप्टर दुर्घटनापछि आफ्नो साताव्यापी पूर्व निर्धारित कार्यक्रम स्थगित गरेको समेत जानकारी दिए।