२०८१ आश्विन २१ गते, सोमबार ०९:१७
  • तिलौराकोटमा ७ महिनाको अवधिमा एक लाख बढि पर्यटक

    लुम्बिनी – कपिलबस्तुको तिलौराकोटमा सन् २०२४ सुरु भएयता १ लाख ४ हजार पर्यटक आएका छन्। जनवरीदेखी जुलाइको अन्तिमसम्म ६६ हजार आन्तरिक पर्यटक आएका छन्। ३८ हजार विदेशी पर्यटक रहेको लुम्बिनी विकास कोषका तिलौराकोट शाखा प्रमुख माधव आचार्यले बताए। तिलौराकोट गौतम बुद्धले २९ वर्ष विताएको र उनको पिता शुद्धोधनको राजदरबार भएको स्थान हो।

    यहाँ आन्तरिक पर्यटकका साथै श्रीलंका, थाइल्याण्ड, कम्बोडिया, भियतनाम, चिन लगायतका मुलुकबाट पर्यटकहरु आउँछन्। २ वर्ष अघि लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको अगमनपछि भारतीय पर्यटकहरु पनि आउन थालेको आचार्यले जानकारी दिए। मोदिको भ्रमणपछि तिर्थयात्री बढेका छन्। लुम्बिनीमा आउने अधिकांस भारतीयहरु पनि कपिलबस्तु आएका छन्। ‘विगतदेखि नै महाराष्ट्र प्रान्तबाट बुद्ध धर्मलम्बीहरु आउने गर्दथे। पछिल्लो समय उत्तरप्रदेशबाट पनि आउन थालेका छन्।’ उनले भने।

    अहिले लुम्बिनीसँगै तिलौराकोटकोट भ्रमणको पनि अफसिजन हो। बर्षा र गर्मीका कारण जेठदेखि असोजसम्म तिलौराकोटमा पर्यटक आगमन कम नै हुन्छ। असोज अर्थात अक्टोबर महिनामा श्रीलंकन बर्माका पर्यटकहरुको तिलौराकोट आउँछन्। चिसो बढ्दै गएपछि थाइल्याण्ड, कम्बोडिया, भियतनाम, चाइनिज पर्यटक आउने क्रम सुरु हुन्छ। तिलौराकोट आउने पर्यटकहरु बौद्ध धर्मलम्बीदेशबाट तिर्थयात्रीको रुपमा आउने गर्दछन्। युरोपियन अमेरिकनहरु निकै कम मात्रामा आउने गरेको कोषका तिलौराकोट शाखा प्रमुख आचार्यको भनाइ छ।