२०८१ आश्विन २१ गते, सोमबार ११:०५
  • गुरु ट्राभल्सद्वारा दोस्रो बार्षिकोत्सवको अवसरमा आकर्षक योजना सार्वजनिक

    काठमाडौँ-नेपालको एकमात्र पब्लिक ट्राभल्स कम्पनी गुरु ट्राभल्स लिमिटेडले आफ्नो दोस्रो बार्षिकोत्सव मनाएको छ। बार्षिकोत्सवको अवसरमा काठमाडौँको दरबारमार्ग स्थित कार्यालयमा कार्यक्रमको आयोजना गरिएको थियो। सो अवसरमा गैर आवासीय नेपाली संघका संस्थापक तथा पुर्व अदक्ष्य उपेन्द्र महतो, माइती नेपालकी अदक्ष्य अनुराधा कोइराला, वरिष्ठ पत्रकार टीकाराम यात्री, पुर्व डिआइजी रमेश खरेल लगायत हजार जना जति आमन्त्रीतको सहभागीता थियो।

    सय जना भन्दा बढि संस्थापक रहेको गुरु ट्राभल्स नेपालकै पहिलो र एकमात्र पब्लिक ट्राभल एजेन्सी हो। ट्राभल क्षेत्रमा दशक भन्दा लामो अनुभव बोकेका व्यक्तित्वहरुको लगानी रहेको कम्पनीमा कुशल कर्मचारीहरु द्वारा सेवा प्रवाह हुँदै आएको छ। स्थापनाको दोश्रो बर्ष पार गर्दासम्म नै यस कम्पनीमा एक लाख भन्दा बढी सदस्य रहेका छन्। सातै दिन ग्राहक वर्गको सेवामा समर्पित रहेर बिगत दुई बर्षमा ७३० भन्दा बढी दिन यस संस्थाको कार्यलय खुला रहँदा २० हजार भन्दा बढी सोधपुछ संस्थालाई प्राप्त भएका छन्। राष्ट्रको पर्यटन प्रबर्धनमा अहम् भूमिका खेल्दै आएको यस गुरु ट्राभल्स लिमिटेडले ग्राहकबर्गको बजेटमा नै सेवा उपलब्ध सक्नु नै आफ्नो सफलता र सन्तुष्टी ठान्दछ ।

    संस्थागत तर्फ १,२९६ भन्दा बढी सेवा प्रवाह गर्दा ५,७०७ जना यात्राुहरु गुरु ट्रभल्सका बिभिन्न सेवाहरुबाट लाभान्वित भएको गुरु ट्राभल्स लिमिटेडका प्रमुख संचालन अधिकृत अनिल धरेलले जानकारी दिए। यस ट्राभल्सले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा टिकेटिंग सेवा, होटेल बुकिंग, सवारी साधन बुकिंग, भिषा सहजीकरण सेवा, टुर ब्यबस्थापन सेवा तथा अन्य यात्रासंग सम्बधित सेवाहरु प्रदान गर्दै आएको छ।

    गुरु ट्राभल्सले यो वर्ष देखी इन्भेष्ट अन ट्राभलिङ अवार्ड गर्ने जनाएको छ। गुरु ट्राभल्स मार्फत सेवा प्राप्त गरी यात्रामा सर्वाधिक रकमको सदुपायोग गर्ने ११ जना लाई सम्मान गरिने कार्यक्रममा बताइएको थियो। यस्तै मुलुक भित्रका विभिन्न पर्यटकीय स्थल र विभिन्न देशका टुर प्याकेजहरु सेवाहरु परिमार्जन गरिएको ट्राभल्सले जनाएको छ। यस्तै गुरु ट्राभल्सले सीएसआरको योजना पनि ल्याएको छ । सीएसआर अन्तर्गत ३० जनाले काठमान्डौ उपत्यका भित्र रहेका ७ वटा विश्वसम्पदा सुचिकृत गन्तब्यहरु निशुल्क भ्रमण गर्न पाउने छन्। हाल, काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, चागुँनारायण, स्व्यम्भुनाथ, बौद्धनाथ र पशुपतीनाथ मन्दिर विश्वासम्पदा सुचिमा सुचिकृत रहेका छन् ।