२०८१ आश्विन २१ गते, सोमबार ०९:१२
  • राष्ट्रपति पौडेलद्वारा रणउजिरेश्वरी भगवती मन्दिरमा पूजा

    तानसेन – राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक रणउजिरेश्वरी भगवती जात्राको अवलोकन गरेका छन्। मंगलबार पाल्पाको तानसेनमा रणउजेश्वरी भगवतीको जात्रा निकालिएको छ। जात्रामा सहभागी हुन राष्ट्रपति पौडेल तानसेन आइपुगेका हुन्। तानसेनमा उनले रणउजेश्वरी भगवती मन्दिरमा पूजाआजा गर्नुका साथै जात्रा अवलोकन गरेका छन्।

    रथ यात्राका क्रममा रक्षामन्त्री मानवीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेशका तुलाराम घर्ती, मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरु, उच्चपदस्थ अधिकारीलगायतको सहभागिता रहेको थियो।
    बुटवलको जितगढीमा नेपाली सेनाले अंग्रेजलाई पराजित गरेको सम्झनामा प्रत्येक वर्ष कृष्णजन्माष्टमीको भोली पल्ट भगवती जात्रा निकाल्ने गरिन्छ। विसं १८७७ देखि मनाउँदै आएको रथ यात्रा दुई सय पाँचौँ पटक मनाइँदैछ ।

    कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपालले १८७२ बैशाखमा अङ्ग्रेजसँगको युद्धमा बुटवलको जितगढी लगायतका क्षेत्रमा विजय हासिल गरेको सम्झनामा १८७७ सालदेखि निरन्तर रुपमा विजयोत्सव भगवती जात्रा मनाइँदै आइएको छ ।