२०८१ आश्विन २१ गते, सोमबार ११:१०
  • भैरहवा र पोखरा विमानस्थलबारे मन्त्री पाण्डेद्वारा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिहरूसँग छलफल

    सरकारले ल्याएको प्याकेजमा आशंका नगर्न आग्रह

    काठमाडौं–संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले भैरहवा र पोखरा विमानस्थल सम्बन्धमा अन्तर्राष्ट्रिय बायुसेवा कम्पनीका प्रतिनिधिसँग छलफल गरेका छन्।

    छलफलका क्रममा उनले सरकारले ल्याएको प्याकेजमा आशंका नगर्न आग्रह गरेका छन्। ‘देश आर्थिक लगायतका जटिलतामा ग्रुजिइरहेको छ। यो संकटको अवस्था हुँदा हुँदै पनि सरकारले विभिन्न प्योकज ल्याएर पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न खोजेको छ।’ उनले भने ‘देशको जटिलतालाई बुझेर सरकारले गरेको निर्णय कम आक्नु हुँदैन।’

    सरकारले ल्याएको प्याकेजमा दुइ वर्षपछि के होला भन्ने विषयमा चिन्ता नलिन भन्दै पाण्डेले विमानस्थल सञ्चालन हुने विश्वास दिलाए। दुइवटै विमानस्थल सञ्चालनका लागि नीतिगत, व्यवसायीक र सुरक्षाका क्षेत्रमा निरन्तर छलफल गर्न सरकार तत्पर रहेको उनले बताए। पोखरा पर्यटकीय राजधानी भएको उल्लेख गर्दै उनले चीन,भारत लगायतका मुलुकबाट पोखरा र भैरहवामा पर्यटकहरु भित्राउन सकेको अवस्थामा राज्यले लाखौं राजस्व भित्राउन सक्ने पाण्डेले दाबी गरे।

    मन्त्री पाण्डेले रुटका विषयमा सरकारले चीन भारतसँग कुटनैतिक रुपमा अघि बढिसकेको समेत उनले जानकारी दिए। पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न सकेको अवस्थामा लाखौं पर्यटकहरु भित्राउन सकिने पाण्डेको भनाइ छ। छलफलमा जजिरा,सिंगापुर एयरलाइन्स लगायतका दर्जन बढी वायु सेवा सञ्चालकहरुको उपस्थिती रहेको थियो ।