२०८३ जेष्ठ २६ गते, मंगलवार ०७:५४
  • कांग्रेसको पर्यटन विभागमा १० सदस्य मनोनयन

    काठमाडौँ – नेपाली कांग्रेसको पर्यटन विभाग सदस्यमा १० जना मनोनित भएका छन्। सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य आङ्गेलु शेर्पा प्रमुख रहेको पर्यटन विभागमा सदस्यहरु मनोनयन गरेका हुन। कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका विभागमा सदस्य मनोनयन भएका हुन्।

    विभागमा खुम सुवेदी, वीरबहादुर महरा, दीपेन्द्र पाण्डे ‘कपिल’, लक्की कार्की क्षेत्री, छिरिङ डोल्मा शेर्पा, दिनेश मगर, यज्ञमूर्ति आचार्य, रामप्रसाद पञ्जियार, ईश्वर लामिछाने र जङ्गबहादुर लामा मनोनीत भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।