२०८१ आश्विन २१ गते, सोमबार १३:१३
  • जजीराले भैरहवाबाट पुनः सुरु गर्यो अन्तराष्ट्रिय उडान

    भैरहवा – जजिरा एयरवेजले साढे २ महिनापछि भैरहवाबाट पुनः उडान सुरु गरेको छ।
    ६६ यात्रु लिएर बिहान ७ बजेर १५ मिनेटमा जहाज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो। बिहान ८ बजेर १५ मिनेटमा जजीराको जहाज ९३ यात्रु लिएर कुवेतका लागि उडेको विमानस्थलका निमित्त महाप्रबन्धक सुवास झाले जानकारी दिए।
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएसँगै गत जेठ २ गतेदेखि जजीराले भैरहवाबाट उडान सुरु गरेको थियो । पुस ५ गतेबाट मौसमका कारण देखाउँदै उडान रोकेको थियो।
    पुनः उडान सुरु गरेको जजिराले कुवेतका लागि सातामा ३ पटक उडान गर्ने छ।
    नेपाली समयानुसार मंगलबार, बिहीबार र शनिबार बिहान ८स्०५ बजे उडान भर्ने तालिका छ। कुवेतमा स्थानीय समयानुसार बिहान १०स्५५ बजे अवतरण गर्ने छ।