२०८१ आश्विन २१ गते, सोमबार २३:१४
  • फूलपातीका दिन निगमको न्यारोबडी जहाजले काठमाडौँ भैरहवा उडान गर्ने

    काठमाडौं – नेपाल वायुसेवा निगमले बडा दसैंको फूलपातीका दिन यही असोज २४ गते काठमाडौंबाट भैरहवा न्यारोबडी जहाज उडान गर्ने भएको छ। पछिल्लो बाढि पहिरोका कारण राजमार्गमा क्षति पुगेको र  चाड पर्वमा आ आफ्नो जिल्ला जान आउन सहज होस भनेर काठमाडौँ भैरहवा काठमाडौँ उद्धार उडान गर्न लागिएको निगमले जनाएको छ।

    यस अघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले अहिलेको परिस्थितीमा उद्धार उडानमा खटिन निगमलाई निर्देशन दिएका थिए। निगमको न्यारोबडी ए ३२० जहाज २४ गते बिहान ११ बजे काठमाडौं–भैरहवा उडान गर्ने छ। त्यस्तै साढे १२ बजे भैरहवा–काठमाडौं उडान हुने तालिका रहेको छ।  काठमाडौं–भैरहवाको भाडा ७ हजार छ भने भैरहवा–काठमाडौंको भाडा ३ हजार ८९० रूपैयाँ तय गरिएको छ।

    यात्रुहरुले निगमको आन्तरिक विक्रि कार्यालय, निगमको वेवसाइट वा आफ्नो मोबाइलबाट समेत अनलाईन टिकट लिन सकिने विज्ञप्तीमा उल्लेख छ।