काठमाडौ – पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन भएको छ। केही दिनअघि डेंगी लागेर नर्भिक अस्पताल भर्ना भएका उनको उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको हो।
साढे पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न मिश्र वन्यजन्तु पर्यटन विकासमा बढी सक्रिय थिए।उनको नवलपरासीमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट छ। यस्तै भेन्चर ट्राभल, ठमेलमा अपार्टमेन्ट लगायत व्यवसाय छन्।