२०८१ मंसिर ९ गते, आईतवार १६:१९
  • भुटानी गृहसचिवद्वारा लुम्बिनी भ्रमण, बुद्धजन्मस्थलको प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक

    लुम्बिनी– भुटानको गृहमन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधि मण्डलले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेको छ। गृह सचिव सोनाम वाङगेल लगायतको टोलीले मायादेवी मन्दिर र कपिलबस्तुको तिलौराकोट दरबार क्षेत्रको समेत भ्रमण गरेको कोषका बरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए।

    यस्तै लुम्बिनी विकास कोषले भुटानको गृह मन्त्रालयका सचिव सोनाम वाङगेल सहितको टोलीसँग बुधबार भेटघाट गरेको छ । कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्यले भुटानका वाङगेल सहितको टोलीलाई कार्यालयमा स्वागत गरेका थिए।

    कोषाध्यक्ष भट्टराईले छिमेकी देश भुटानसँग नेपालको बर्षोदेखिको पूरानो सम्बन्ध रहेको बताउँदै बुद्धजन्मस्थल लुम्बिनीमा भुटान सरकारसँग सहकार्यको वातावरण बनाउन आग्रह गरे। सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीमा भुटान सरकारले गुम्बा निर्माणका सन्दर्भमा सहकार्य गर्न चासो राखेकोमा खुशि व्यक्त गरे ।

    भेटघाटमा भुटानका गृहसचिव सोनामले लुम्बिनीमा गुम्बा बनाउने सन्दर्भमा चासो राख्दै बुद्धजन्मस्थल लुम्बिनीको प्रवद्र्धनमा सहकार्य गर्न इच्छुक रहेको बताएका थिए। भेटघाटमा कोषका योजना प्रमुख स्मिता भट्ट, बरिष्ठ निर्देशक ज्ञानिन राई, बोर्ड सदस्य श्याम रोक्काको सहभागीता थियो। प्रतिनिधिमण्डलले संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री, सचिव लगायतका अधिकारीहरुसँग पनि छलफल गर्ने बताइएको छ।