२०८१ मंसिर ९ गते, आईतवार १४:३२
  • आजबाट त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने

    काठमाडौँ -त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट दैनिक १० घण्टा बन्द हुने भएको छ। आजबाट ५ महिना राति १०ः०० देखि बिहान ८ः०० बजेसम्मका उडान बन्द गरेर विमानस्थलको स्तरोन्नती गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

    प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ। यी काम पूरा गर्न रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ। आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले टीआइएको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सीवे बनाउन लागिएको छ। उनले उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरिएको उल्लेख गरे।