२०८१ आश्विन २१ गते, सोमबार ११:०३
  • गैंडाकोटको मौलाकालिकामा बैशाख १ गतेबाट केबलकार सञ्चालनमा आउने

    गैंडाकोट – नवलपरासी पूर्वको धार्मिक क्षेत्र गैंडाकोटको मौलाकालिकामा आगामी बैशाख १ गतेदेखी केबलकार सञ्चालनमा आउने भएको छ । केबलकार निर्माण अन्तिम चरणमा पुगेको मौलाकालिका केवलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए । झण्डै एक अर्ब ५० करोड रूपैयाँको लागतमा मौलाकालिकामा होटलसहितको केवलकार बनिरहेको छ । अहिले टावरहरुको काम सकेर लठ्ठा तान्ने भइरहेको अध्यक्ष ढकालले बताए ।
    चन्द्रागिरि हिल्स र मनकामना केबलकार निर्माण गरेको अष्ट्रेलियन कम्पनीले नै ५० करोड रूपैयाँको लागतमा मौलाकाली केबलकार निर्माणको काम गरिरहेको छ ।

    केबलकार सञ्चालनमा आएपछि प्रतिदिन छ हजार यात्रु आवतजावत गराउन सकिने कम्पनीको विश्वास छ ।