भैरहवा – कतार एयरवेजको जहाज भैरहवा आइपुगेको छ। दोहाबाट उडेको एयरबस ३३० जहाज केहीबेर अघि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। कतार एयरवेजले आजबाट दोहा-भैरहवा-काठमाडौं उडान थालेको हो।
नोभेम्बर १२ देखि ३० सम्म १९ वटा उडान गर्ने गरि सो कम्पनीले उडानको अनुमती पाएको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ। कतार एयरवेजसँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीको संख्या ५ वटा पुगेका छन्। यस अघि नेपाल एयरलाइन्स, जजिरा, फ्लाइ दुबई र थाइएयर एशियाले उडान थालिसकेका छन्।