२०८१ मंसिर ७ गते, शुक्रबार ०४:५४
  • सिचेकपछि निगमको वाइडबडी जहाज काठमाडौं आइपुग्यो, अब ४ वटै जहाज उडानमा


    काठमाडौं -नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ (मकालु) सि चेक पश्चात काठमाडौं आइपुगेको छ।जहाजको नियमित सि–चेकको मर्मतपश्चात् नियमित उडान गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले बताए। जहाज मर्मतका लागि तीन महिनाअघि इटाली लगिएको थियो।

    ‘अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि–चेकको मर्मतसम्भारपछि जहाज आइपुगेको छ । जहाज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। आज बेलुकाबाटै उडान सुरु हुनेछ।’ पौडेलले भने।
    उक्त जहाजसहित निगमका चारवटै जहाजले अन्तर्राष्ट्रिय क्षेत्रमा नियमित उडान गरेसँगै यात्रुलाई थप सेवा पुग्ने विश्वास गरिएको निगमले जनाएको छ।