२०८३ जेष्ठ २६ गते, मंगलवार ०४:०५
  • टाइगर प्यालेस रिसोर्टको व्यवस्थापन सोल्टी होटलले गर्ने


    बुटवल-रुपन्देहीको तिलोत्तमामा रहेको टाइगर प्यालेस रिसोर्टको व्यवस्थापन सोल्टी होटलले गर्ने भएको छ। ५ तारे टाइगर प्यालेस रिसोर्ट र सोल्टी होटल्स एण्ड रिसोर्टबीच शुक्रबार व्यवस्थापन सम्बन्धी सम्झौता भएका हो। सम्झौतासँगै टाइगर प्यालेस बाइ साल्टीको नाममा ब्राण्डीङ गरिने छ।

    सोल्टी होटल्स एण्ड रिसोर्ट्स नेपालको आतिथ्य उद्योगमा अग्रणीय सुविधा सम्पन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेन होटलका रुपमा परिचित ब्राण्ड हो। रुपन्देहीमा आफ्नो सेवा विस्तार गर्दै सोल्थीले नेपालमा लक्जरी आतिथ्यताको अग्रणीयतामा आफ्नो स्थानलाई सुदृढ पार्दै यो सहकार्य एउटा महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुने विज्ञप्तिमा भनिएको छ।