बुटवल -पर्यटन विकास परिषद लुम्बिनीले नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेण्टस् नाट्टासँगको मिलेर टुर प्याकेज बनाउने भएको छ। परिषदले आइतबार बुटवलमा पर्यटनसँग सम्बन्धीत सरोकारवाला संघ संस्थासँग छलफल गरेको थियो।
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि टुर प्याकेज बनाइने पर्यटन परिषदका कार्यकारी निर्देशक रामु जोशीले जानकारी दिए। ‘सुरुमा रुपन्देहीको टुर प्याकेज बन्ने छ। अर्को लुम्बिनी प्रदेशका १२ जिल्लालाई आन्तरिक पर्यटकलाई समेत लक्षित गरेर प्याकेज बन्ने छ। उनले भने एउटा लुम्बिनी र बर्दियालाई लक्षित गरेर पर्यटकको लागि प्याकेज बन्ने छ। त्यसमा सगरमाथादेखी चितवन, मुस्ताङसम्मका गन्तव्य समेटिने छन्।लुम्बिनी प्रदेशमा यो वर्ष जाऔं है बर्दिया अभियान सुरु हुँदै छ। छलफलमा यो अभियानको बारेमा पनि कुराकानी भएको परिषदका निर्देशक जोशीले बताए।
सो अवसरमा भारतीय पर्यटकलाई आकर्षित गर्ने कार्यक्रमका बारेमा समेत छलफल भएको थियो। भारतीय पर्यटकको आगमन बढाउन त्यहाँका ट्राभल एजेन्सी र पर्यटन पत्रकारहरुलाई लुम्बिनी प्रदेशमा भ्रमण गराउने र यहाँको प्याकेजबारे जानकारी दिने बारेमा समेत कुराकानी भएको नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्र थापाले जानकारी दिए।
परिषदसँगको छलफलमा होटल व्यवसायी महासंघका लुम्बिनी प्रदेश अध्यक्ष महेन्द्र श्रेष्ठ, संस्थापक सदस्य माधव नेपाल, सिद्धार्थ होटल एशोसिएनका अध्यक्ष सिपी श्रेष्ठ, नाट्टा लुम्बिनीका पूर्वअध्यक्ष सागर अधिकारी, नाट्टाका लुम्बिनीका उपाध्यक्ष कुलचन्द्र न्यौपाने, महासचिव सिता बस्याल, पर्यटन व्यवसायी बरुण ज्ञवाली लगायतको सहभागीता थियो।