२०८२ बैशाख ३ गते, बुधबार २३:०५
  • नयाँ वर्षको दिन बुटवलका पार्क र केबलकारहरुमा भिडभाड


    बुटवल-नयाँ वर्ष २०८२ सालको पहिलो दिन बुटवल र आसपासका पर्यटकीय स्थलहरुमा चहलपहल थियो। बुटवलको मणिमुकुन्द सेन उद्यान अर्थात फूलबारी पार्कमा नयाँ वर्ष मनाउन ३० हजार जति आएको उद्यानका प्रमुख कार्यकारी अधिकृत अनन्त सिल्वालले जानकारी दिए। सोमबार दिउसो १२ बजेदेखी ३ बजेसम्म अत्याधिक भिड रहेको उनले बताए। तिलोत्तमाको बनबाटिकामा पनि दिनभर जसो नयाँ वर्ष मनाउने आन्तरिक पर्यटकहरुको भिडभाड थियो। बनबाटीकामा २० हजार जतिले अवलोकन गरेका छन्। यस्तै बुटवलको हिलपार्क क्षेत्रमा पनि चहलहपल थियो।

    बुटवलमा दुई वटै केबलकार मार्फत नयाँ वर्ष मनाउन हिल स्टेसन पुग्ने क्रम चलिहरको थियो। नयाँ वर्ष मनाउन लुम्बिनी केबलकार चढेर कामाख्या मन्दिर पुगेका थिए। केबलकार चढेर झण्डै ३ हजार कामाख्य मन्दिर पुगेको लुम्बिनी केबलकारका मिडिया संयोजक टि आर शर्माले जानकारी दिए।

    उता बुटवलबाट नुवाकोट जानेहरुको चहलपहल पनि उस्तै थियो। केबलकारबाट नयाँ वर्षको दिन ४ हजार जना नुवाकोट पुगेको सिद्धार्थ केबलकारका रोप्वे इन्चार्ज मनोज भुसालले बताए। यहाँका दुई वटा केबलकार बुटवलमा पर्यटक आकर्षित गर्ने माध्यम बनेका छन्।