२०८३ जेष्ठ २६ गते, मंगलवार ०३:४१
  • हवाइ भाडादर घट्यो

    अब भैरहवा-काठमाडौँ उडानको भाडा ३ हजार २९५

    काठमाडौँ -सरकारले हवाइ भाडादर घटाएको छ । हवाइ इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा घटेको हो । अब भैरहवा काठमाडौँ उडानको भाडा २०५ रुपैयाँले घटेर ३ हजार २९५ कायम भएको छ । यसअघि ३५ सय रुपैया थियो । यस्तै काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ७ हजार ५१० रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ७० रुपैयाँ तिरे पुग्नेछ ।

    काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४५ रुर्पैयाँले भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा ५ हजार ४९० रुपैयाँ कायम भएको छ । घटेको भाडादर २२ चैतदेखि लागु हुनेछ ।