२०८२ जेष्ठ १० गते, शुक्रबार ०४:०२
  • पशुपति क्षेत्र विकास कोषको ऐन समय सापेक्ष परिमार्जन गर्छौंः मन्त्री पाण्डे


    काठमाडौं-संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पशुपति विकास कोषको ऐनलाई परिमार्जन गरेर समय सापेक्ष बनाउने बताएका छन्। बुधबार पशुपति क्षेत्र विकास कोषको ३९ औं वार्षिक उत्सोव समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले कोषको ऐन परिमार्जन गर्ने गरी मस्यौदा तयार गरिएको उल्लेख गरे। उनले अब चाडैं नै उक्त मस्यौदालाई चाडैं नै मन्त्रीपरिषद् हुँदै संसदमा लैजाने प्रतिवद्धता व्यक्त गरे।

    पशुपतिनाथ विश्वका हिन्दु धर्मावलम्बीहरुको आस्थाको धरोहरको केन्द्रविन्दु रहेको बताउँदै उनले पशुपतिनाथले नेपालाई अन्र्तराष्र्टिय रुपमा चिनाउन सफल भएको बताए। मन्त्री पाण्डेले नेपालको सभ्यताको पहिचानको रुपमा रहेको पशुपति नाथलाई थप व्यवस्थि गर्दै अघि बढ्ने प्रतिवद्धता समेत दोहोर्याए। पछिल्लो समय नराम्रा कुराको अत्याधिक प्रचार प्रसारका कारण राम्रा कुराहरु ओझेलमा परेको प्रति चिन्ता जाहेर गरे।

    पशुपति क्षेत्र कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले नराम्रा कुराको प्रचार हुँदा मुलुकबाट बौद्धिक व्यक्तित्वहरुको पलायन भइरहेको प्रति चिन्ता व्यक्त गर्दै मुलुक बनाउनका लागि बौद्धिक व्यक्तित्वहरुको आवश्यकता औल्याए। त्यसै गरी उनले विश्व सम्पादा सूचीमा सुचिकृत लुम्बीनी विकाष कोष र पशुपति विकास कोषबीच एक आपसमा सहकार्य सहित अघि बढ्न सुझाब दिए।