२०८२ जेष्ठ ९ गते, बिहीबार २२:२७
  • तिलोत्तमामा हस्पिटालिटीको आकर्षण ‘मणिग्राम विश्राम वाटिका’

    विवाह र ठूला कार्यक्रमको लागि भारतीयको रोजाइ बनेको छ

    तिलोत्तमा– मणिग्राम विश्राम बाटिका तिलोत्तमाको पर्यटन र हस्पीटालिटीको लागि आकर्षणको केन्द्र बनेको छ। तिलोत्तमा नगरपालिकाको मणिग्राम चोक नजिक सुविधा सम्पन्न होटल रहेको छ। २०७९ बैशाख २८ गतेदेखी मणिग्राम विश्राम बाटिकाको नाममा सञ्चालनमा आएको हो।

    ३ विघा क्षेत्रफलमा फैलिएको विश्राम बाटिकामा ३१ वटा आकर्षक भिल्लाहरु रहेका छन्। भिल्ला सहित ७१ वटा सुविधा सम्पन्न कोठा रहेका छन्। जसमा डिलक्स, स्टाण्डर डिलक्सका साथै जुनियर स्विट रुम विश्राम बाटीकामा छन्। साढे ५ फिट गहिरो स्विमीङ पुल रहेको छ।

    ७ वटा वाङ्क्वेट हल, २ वटा कन्फ्रेन्स हल समेत छ। त्यसमध्ये एउटा १० हजार स्क्वायर फिटको विचमा पिल्लर नभएको सभाहल छ। जहाँ एक हजार जना एकैपटक सहभागी हुन सक्छन्।

    मणिग्राम विश्राम बाटिकामा स्पेसल हेवन गार्डेन आकर्षकको रुपमा रहेको छ। हेवन गार्डेनमा कार्यक्रम गर्न महिनौ अघि बुकिङ हुने गर्दछ। होटलमा आउने अधिकांस पाहुना भारतीय हुने गर्दछन्। विवाह र अन्य ठूला संस्थागत कार्यक्रमको लागि भारतीयहरुको रोजाइमा परेको मणिग्राम विश्राम बाटिकाका अप्रेसन म्यानेजर सुरज खड्काले जानकारी दिए। ‘८५ प्रतिसत भारतीय पाहुनाहरु आउने गर्नुहुन्छ। त्यहाँको तुलनामा सफा ठाउँ, प्रदुषण पनि कम हुने रमणिय रमणीय र शान्त वातावरण भएकाले उहाँहरुको रोजाइ बनेको छ।’ उनले भने ‘दोस्रो कुरा यहाँ धेरै कुराको सहुलियत पनि मिल्छ। एउटा वेडिङ हव पनि बनेको छ। भरतीय ठूला कम्पनीका कार्यक्रमहरु यहाँ हुने गरेको छ।’

    मणिग्राम विश्राम बाटिकामा ८५ जना जतिले रोजगारी पाएका छन्। ग्रिसमणी आचार्य दिक्षित बाटिकाको अध्यक्ष र प्रणदा दिक्षित प्रबन्ध निर्देशक हुनुहुन्छ। मणिग्राम विश्राम बाटिकाले आइतबार आफ्नो तेस्रो बार्षिककोत्सव मनाएको छ। बटिकाले ४ तारको मान्यता प्रक्रिया अन्तिम चरणमा पुगेको छ।