२०८२ फाल्गुन २३ गते, शनिबार १४:०९
  • भैरहवाको अन्तर्राष्ट्रिय उडानबारे आज प्रधानमन्त्रीसहितको सर्वपक्षिय छलफलमा के होला निर्णय ?

    बुटवल -पर्यटन सम्बन्धमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सर्वपक्षिय छलफल हुँदै छ। संस्कृति पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्री पाण्डेको पहलमा सरोकारवाला मन्त्रालय र निकायहरुको सहभागीतामा सर्वपक्षिय सम्वाद हुन लागेको हो।

    छलफलमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारीसहित सम्बन्धीत मन्त्री, नागरिक उड्यन प्राधिकरणका अधिकारी, सातै प्रदेशका पर्यटनमन्त्री, पर्यटनसँग सम्बन्धीत सस्थाहरु नाट्टा, हान लगायतका प्रतिनिधिहरु सहभागी हुँदैछन्। प्रधानमन्त्री कार्यालयमा दिउसो १ बजे बस्ने बैठकमा भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको विषयमा पनि गहन छलफल हुने पर्यटन मन्त्रीको सचिवालयले जनाएको छ।

    भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको ३ वर्ष पुरा भएको छ। तर नियमित सञ्चालन हुन सकेको छैन। गत कात्र्तिकदेखी चैत्रसम्म जजिरा, फ्लाई दुबई र थाइएयर एशियाले अन्तर्राष्ट्रिय उडान गरेका थिए। अहिले भने ति कम्पनीले उडान रोकेका छन्। रुपन्देहीका पर्यटन व्यवसायीले अन्तर्राष्ट्रिय उडानको वातावरण बनाउन सरकारसँग माग गरिरहेका छन्। उडानको वातावरणको लागि श्रम स्विकृती, भिसा सेन्टर, स्वास्थ्य जाँच, म्यानपावर कम्पनी लगायतका कार्यालयहरु रुपन्देहीमा हुनुपर्ने उनीहरुको माग छ। यी विषयमा आजको सर्वपक्षिय छलफलले केही निर्णय गर्ने आशा गरिएको छ।